Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बीमाप्रति विष्तृणा हुने कार्य नगर्न आग्रह

०८ शुक्रबार , असार २०८१४ महिना अगाडि

बीमाप्रति विष्तृणा हुने कार्य नगर्न आग्रह

स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमप्रति आम सर्वसाधारणलाई वितृष्णा हुने गरी कुनै पनि कार्य नगर्न आन्दोलनरत दर्ता सहयोगीलाई अनुरोध गरेको छ । 

केही दिनयता दर्ता सहयोगीहरुले बोर्डको केन्द्रीय कार्यालयसहित प्रदेश तथा जिल्ला सम्पर्क कार्यालयमा गरिरहेको नाराबाजी, धर्ना, जुलुस, तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बोर्डले यस्तो आग्रह गरेको हो ।

बोर्डले विज्ञप्ति जारी गर्दै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमप्रति वितृष्णा हुने कुनै पनि कार्य नगर्न भनेको छ । साथै, दर्ता सहयोगीहरुको माग सम्बोधन गर्न सम्बन्धित निकायमा अनुरोध तथा सहजीकरणका लागि बोर्ड तत्पर रहेको पनि जनाइएको छ ।

‘दर्ता सहयोगीहरुले आफुलाई परेको समस्याको विषयमा राखेको यथार्थ र उचित मागहरुलाई कार्यालयको कार्य वातावरणमा असर नपर्ने गरी प्रतिनिधिमार्फत मागहरुलाई सम्बोधन गर्ने कार्यमा सम्बन्धित निकायहरुमा अनुरोध तथा सहजीकरण गर्न बोर्ड सदैव तत्पर एंव प्रतिबद्ध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य बीमा कार्यक्रम २०७२ चैत २५ गतेदेखि सुरु भएको हो । सुरुवातको सात वर्षसम्म दर्ता सहयोगीले पाउने प्रोत्साहन रकममा १ प्रतिशत मात्र कर कट्टा हुने गरेकोमा आर्थिक वर्ष २०७९/०८० देखि १५ प्रतिशत कर कट्टा गर्न लागिएको हो । त्यसप्रति आपत्ति जनाउँदै केही दिनयता दर्ता सहयोगीहरु आन्दोलनरत छन् ।