Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहकारी सञ्चालकलाई सम्पत्ति विवरण बुझाउन निर्देशनयुक्त चेतावनी

०८ शुक्रबार , असार २०८१४ महिना अगाडि

सहकारी सञ्चालकलाई सम्पत्ति विवरण बुझाउन निर्देशनयुक्त चेतावनी

इटहरी उपमहानगरपालिकाले सहकारीका सञ्चालकहरुलाई सम्पत्ति विवरण पेश गर्न निर्देशनयुक्त चेतावनी दिएको छ । उपमहानगरको नियमन क्षेत्रभित्र रहेका सम्पूर्ण सहकारी संस्थाका सञ्चालकहरुलाई यही असार २१ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको हो ।

यसअघि पनि उपमहानगरले सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापक समितिमा रहेकालाई आफ्नो सम्पत्ति विवरण पेश गर्न सूचना जारी गरेको थियो । तर, केही सहकारी संस्थाबाट मात्र नियमानुसार विवरण प्राप्त भएको उपमहानगरले जनाएको छ ।

उपमहानगरद्धारा जारी सूचनामा भनिएको छ, ‘केही सहकारी संस्थाबाट मात्र नियमानुसार सम्पत्ति विवरण प्राप्त भएको हुँदा पुनः सूचना प्रकाशित गरिएको छ । तसर्थ, यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेखित सहकारी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापक समितिमा रहेका व्यक्तिहरुलाई सम्पत्ति विवरण पेश गर्न हुन जानकारी गराइन्छ ।’

तोकिएको समयभित्र विवरण पेश नगरिएमा सहकारी ऐन/नियम अनुसार आवश्यक कारबाही थालिने उपमहानगरको चेतावनी छ । त्यस्तै, सम्पत्ति विवरण फाराम उपमहानगरको वेबसाइट वा सहकारी शाखामा सम्पर्क गरी प्राप्त गर्न सकिने पनि सुचनामा जानकारी दिइएको छ ।