Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बहाल कर तिर्न धरानबासीलाई अनुरोध

०८ शुक्रबार , असार २०८१२ बर्ष अगाडि

बहाल कर तिर्न धरानबासीलाई अनुरोध

सुनसरीको धरान उपमहानगरपालिकाले नगरबासीलाई बहाल कर तिर्न अनुरोध गरेको छ । उपमहानगरले यही असार मसान्तभित्र बहाल कर भुक्तानी गर्न अनुरोध गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ मा कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, टहरा वा अन्य साधन, सामग्री, जग्गा, पोखरी अथवा सम्पत्ति पूरै वा आंशिक तवरले बहाल दिएकोमा बहाल रकममा बहाल कर लाग्ने व्यवस्था छ ।

उपमहानगरले आर्थिक ऐनबमोजिम चालु आर्थिक वर्ष २०८०/०८१ को बहाल कर यही असार मसान्तभित्र भुक्तानी गर्न आग्रह गरेको हो । त्यस्तै, घरजग्गा खाली गरेको अवस्थामा सोको जानकारी सम्बन्धित स्थानीय तहमा ३० दिनभित्र दिनुपर्ने अनिवार्य व्यवस्था पनि छ ।

उपमहानगरले कतिपय घरधनीले धेरै समयपछि त्यस्तो जानकारी गराउने र अनावश्यक कर लाग्ने उल्लेख गर्दै जरिवानाको भार पर्न जाने अवस्था हुन नदिन समयमा नै बहाल छोडेको वा सम्झौता भंग भएको सूचना सम्बन्धित वडा कार्यालयमा दिन समेत अनुरोध गरेको छ ।