Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

०८ शुक्रबार , असार २०८१४ महिना अगाडि

दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

दशौँ अन्तर्राष्ट्रिय योग दिवस आज विविध कार्यक्रम गरि मनाइँदै छ । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले विविध कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागेको हो ।

उक्त मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने तयारि गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता लगायतको सहभागी हुनेछ । उक्त मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने बताईएको छ ।

गत जेठ ३० गते बसेको मूल समारोह समितिको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचार गर्दै विद्यालयस्तरमा दिवस मनाउन शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएको र सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन सुरु गरिएको थियो भने महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।