Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मालढुङ्गा-बेनी सडकमा १३ दिन यातायात बन्द

०८ शुक्रबार , असार २०८१४ महिना अगाडि

मालढुङ्गा-बेनी सडकमा १३ दिन यातायात बन्द

कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा-बेनी सडकमा १३ दिन यातायात बन्द यातायात बन्द हुने भएको छ । उक्त सडक खण्डमा सडक कालोपत्र गरिने भएकाले १३ दिन यातायात बन्द यातायात बन्द हुने भएको हो ।  

तेह्र किलोमिटर लामो उक्त मालढुङ्गा-बेनी सडकको मालढुङ्गा-फर्से पाँच किलोमिटर खण्डमा कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जानकारी दिएको छ । उक्त सडक खण्डको पहिलो चरणमा कालोपत्र गरिसकेपछि सात किलोमिटर कालोपत्रे गर्न बाँकी रहने बताईएको छ ।

सडक कालोपत्र गर्न तयारी भएपछी जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा सहमति भए अनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई असार ८ गते शनिबारदेखि २० गतेसम्म सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ ।

मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रे सकिने बताईएको छ । उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स-खड्का-कृष्णले ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेका थिए । आयोजनाका अनुसार ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर १ मिटरको नाली र २ लेनमा ८ मिटर चौडाइका दरले कालोपत्र गरिने छ ।