Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिहानै दार्चुलामा भूकम्प गयो

०८ शुक्रबार , असार २०८१४ महिना अगाडि

बिहानै दार्चुलामा भूकम्प गयो

आज बिहान दार्चुलामा भूकम्प गएको छ  । बिहान ५ बजेर ५० जाँदा दार्चुला जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको बताईएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो भने पश्चिमका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ ।

यसअघि जेठ २२ गते दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने जेठ २४ गते बिहान ७ बजेर ३८ मिनेटमा जाजरकोटमा भूकम्प गएको थियो । 

त्यसअघि जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गत कात्तिकमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा त्यस ठाउमा ठूलो जनधनको क्षति भएको थियो ।