Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बोर्डको वार्षिक कार्यतालिकाः एसईई चैत ७ गतेदेखि, नतिजा असार ६ गतेभित्र

०७ बिहिबार , असार २०८१४ महिना अगाडि

बोर्डको वार्षिक कार्यतालिकाः एसईई चैत ७ गतेदेखि, नतिजा असार ६ गतेभित्र

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पहिलो पटक मितिसहितको एसईईको वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि सञ्चालन हुनेछ । उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण चैत २५ गतेदेखि २०८२ वैशाख मसान्तसम्म गरिनेछ ।

परीक्षाको नतिजा भने ०८२ असार ६ गतेभित्र सार्वजनिक गरिसक्नुपर्नेछ । त्यस्तै, कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म गरिनेछ ।

कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम कात्तिक २६ गतेदेखि पुस ७ गतेसम्म भराउनुपर्नेछ । प्रश्नपत्र छपाई र ढुवानी कार्य फागुल्न १ गतेदेखि फागुल्न मसान्तसम्म गरिसक्नुपर्ने तालिकामा उल्लेख छ ।

परीक्षाको समय तालिका प्रकाशन माघ १ गते हुने छ भने परीक्षा केन्द्र निर्धारण माघ पहिलो हप्ताभित्र हुनेछ । पुरक परीक्षा सञ्चालन ०८२ साउन १९ र २० गते सञ्चालन गरिनेछ । परीक्षाको नतिजा भद्रौ २० गतेभित्र प्रकाशन हुनेछ ।