Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वीरगञ्जका उत्कृष्ट कृषकलाई सम्मान गरिँदै

०७ बिहिबार , असार २०८१४ महिना अगाडि

वीरगञ्जका उत्कृष्ट कृषकलाई सम्मान गरिँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने भएको छ । महानगरपालिकाले नगरभित्रका सात जना उत्कृष्ट कृषकलाई सम्मान गर्न भएको हो ।

उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने तयारि गर्दै महानगरपालिकाले त्यसका लागि निवेदन माग गरेको छ । महानगरभित्रका इच्छुक कृषकहरुलाई सम्मानका लागि यही असार ११ गतेभित्र निवेदन पेश गर्न पनि आग्रहगरेको छ ।

महानगरले  निवेदनका साथ नागरिकता र जग्गाधनी पूर्जाको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिससहित उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यविधि, २०७८ को अनुसूचि– १ मा उल्लेख भएको न्यूनतम मापदण्ड हुनुपर्ने जनाएको छ ।