Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सार्वजनिक खरिद अनुगमन कार्यालय केशर महलमा

०६ बुधबार , असार २०८१४ महिना अगाडि

सार्वजनिक खरिद अनुगमन कार्यालय केशर महलमा

काठमाडौंको ताहाचलमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय केशल महल सरेको छ । ताहाचलस्थित हिमशैल भवनबाट सेवा प्रवाह गर्दै आएको उक्त कार्यालय केशर महलमा सरेको हो ।

कार्यालयले सार्वजनिक सूचना निकाल्दै आजदेखि सम्पूर्ण सेवाहरु केशर महलको पश्चिमतर्फको भागबाट सुचारु भएको जानकारी दिएको छ । ‘यस सार्वजनिक खरिद अनुगमन कार्यालय हिमशैल भवन, ताहाचलबाट केशर महलमा सारिएको हुँदा यस कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु मिति २०८१/०३/०५ गतेदेखि केशर महलको पश्चिमतर्फको भागबाट सुचारु भएको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

त्यस्तै, कार्यालयका ल्यान्डलाइन टेलिफोन नम्बरहरु स्थानान्तरणको क्रममा रहेकोले केही समय अवरुद्ध हुने पनि जानकारी दिइएको छ ।