Advertisement Banner
Advertisement Banner

३० मंगलबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

त्रिविको अतिक्रमित जग्गाबारे जानकारी गराउन आग्रह

०६ बुधबार , असार २०८१२ बर्ष अगाडि

त्रिविको अतिक्रमित जग्गाबारे जानकारी गराउन आग्रह

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गाबारे कुनै जानकारी भएमा उपलब्ध गराउन आग्रह गरिएको छ । त्रिविको अतिक्रमित जग्गा तथा सम्पत्ति खोजबिन गर्न गठित समितिले आज सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।

समितिले त्रिविको सम्पत्तिको रुपमा रहेको जग्गा, भवनलगायत अचल सम्पत्तिको हिनामिना, अतिक्रमण भएको कुनै विषयमा जानकारी प्राप्त भएको भएमा उपलब्ध गराउन अनुरोध गरेको हो ।

‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१/०२/१७ गतेको निर्णानुसार त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति गठन भई समितिले कार्यप्रारम्भ गरिसकेको छ,’ सूचनामा उल्लेख छ, ‘त्रिविको सम्पत्तिको रुपमा रहेको जग्गा, भवनलगायत अचल सम्पत्तिको हिनामिना, अतिक्रमण भएको कुनै विषयमा जानकारी प्राप्त भएको भए उपलब्ध गराउन अनुरोध छ ।’

समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको फोन नम्बर ०१४२११९६५ वा इमेल ठेगानामा यस्तो जानकारी उपलब्ध गराउन सकिने जनाइएको छ ।