स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेल जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्किएका हुन् ।
जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका राष्ट्रपति पौडेल आज बिहान काठमाडौं आइपुगेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।