Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संसद भवनभित्र गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

०६ बुधबार , असार २०८१४ महिना अगाडि

संसद भवनभित्र गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

संघीय संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दोलखाका प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिएका छन् । शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा गोली लागेको अवस्थामा मृत फेला परेको र अहिले गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।

मृतक प्रहरीका जवान गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

उनी संसद भवनको दुई नम्बर गेटको वायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।