Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे

०६ बुधबार , असार २०८१२ बर्ष अगाडि

८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी गरेसंगै ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्यागेका छन् । मन्त्री श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरेकी हुन् ।

शिक्षामन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै उक्त दाबी गरेकी हुन् । उनले आफ्नो मन्त्रालयले गरेको उपलब्धी सार्वजनिक गर्दै शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने समेत बताएकि छन् ।

मन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धिमा उजुरीमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छन् । 

उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुआत भएको उल्लेख गर्दै यो सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताएकि छन् ।

शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेसामा मर्का पुग्ने हुँदा शिक्षामा दलीय राजनीतिकरण हुन नहुने र त्यसका लागि अन्तिम साससम्म नछोड्ने उनको भनाई रहेको थियो ।