Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अभियन्ताको नाममा रकम असुल्नेहरु पक्राउ

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

अभियन्ताको नाममा रकम असुल्नेहरु पक्राउ

अभियन्ताको नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीया अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठलाई प्रहरीले पक्रेको हो ।

उनीहरुले गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानूनी रुपमा ‘बेथिति एंव भ्रष्टाचारविरुद्धको अभियान’ नामक संस्था खोलेको समेत पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरु विभिन्न सरकारी कार्यालयसहित स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखानालगायतमा आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताएर जाने गरेको पाइएको छ ।

‘हामी भ्रष्टाचार विरोधी अभियन्ता हौं, तिमीहरुको विरुद्धमा भ्रष्टाचार, कर छली र आर्थिक अनियमितताको उजुरी परेको छ, छानबिन गर्न आएका हौं’ भन्दै उनीहरुले सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्काउने र आतंक सिर्जना गरी भिडियो बनाएर रकम समेत असुली गर्ने गरेको प्रहरीको आरोप छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले हिजो उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।