Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भोलि ग्रामथान गाउँपालिकामा शोक बिदा

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

भोलि ग्रामथान गाउँपालिकामा शोक बिदा

भोलि मोरङको ग्रामथान गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधनमा शोक बिदा दिन लागेको हो । भोलि शोक बिदाका दिन गाउँपालिका र मातहतका सम्पूर्ण संघसंस्था तथा कार्यालय बन्द रहने जनाइएको छ ।

लामो समयदेखि ब्रेन ह्याम्रेजको बिरामी रहेका गाउँपालिकाका अध्यक्ष थारुको हिजो निधन भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित थारु गत माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा अचानक बेहोस भएका थिए ।

त्यसपछि केही समय विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराएका उनलाई त्यसपश्चात् घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिँदै आएको थियो । अध्यक्ष थारुको निधनमा गाउँपालिकाले समवेदना समेत प्रकट गरेको छ ।

पालिकाद्धारा जारी समवेदना वक्तव्यमा भनिएको छ, ‘अत्यन्तै सरल र सहयोगी स्वभावका विकासप्रेमी गाउँपालिका अध्यक्ष पालिकाको विकास र समृद्धिमा अहोरात्र क्रियाशील हुनुहुन्थ्यो । उहाँको निधनले पालिकाले असल नेतृत्व गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँले समग्र पालिकालाई पुर्याउनु भएको अतुलनीय योगदानको गाउँपालिका उच्च कदर गर्दछ ।’