Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तीलगंगा क्षेत्रका घरटहरा खाली गर्न आग्रह

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

तीलगंगा क्षेत्रका घरटहरा खाली गर्न आग्रह

पशुपति क्षेत्र विकास कोषले तीलगंगा आवास क्षेत्रका जग्गा खाली गराउन आग्रह गरेको छ । काठमाडौं महानगरपालिका–८, तीलगंगा आवास (बी १३) क्षेत्रका जग्गा तथा त्यहाँ बनाइएका संरचना हटाउन आग्रह गरिएको हो ।

मुआब्जा लिएर पनि पटक पटक सूचना टाँस गर्दा समेत सम्बन्धित धनीले घर, टहरा, गोठ, पर्खालजस्ता संरचना नहटाएको भन्दै कोषले यही असार १५ गतेभित्र त्यस्ता संरचना हटाउन वा जग्गा खाली गर्न भनेको छ । कोषले एक सूचना जारि गर्दै अन्यथा आफैं हटाउन बाध्य हुने चेतावनी समेत दिएको छ ।

कोषको जारी सूचनाअनुसार ‘सूचनाको बर्खिलाप हुने गरी घर, टहरा, पर्खाल, लिगलगायतका संरचना उक्त म्यादभित्र नहटाइएमा कानूनबमोजिम कोष आफैंले हटाई खाली गराउने जानकारी गराइन्छ ।’ कोषको स्वीकृत अवधाराणात्मक गुरुयोजनाअनुसार २०६९ भद्रौ ६ गते सरकारले उक्त गुरुयोजना कार्यान्वयनका निम्ति तीलगंगा आवास क्षेत्र अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

कोषले उक्त निर्णयअनुसार अधिग्रहण प्रभावित क्षेत्रका सबैलाई मुआब्जा समेत वितरण गरिसकिएको जनाएको छ । तर, अधिग्रहण भएको तीलगंगा आवासीय क्षेत्रमा बनेका कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाललगायत संरचना हालसम्म खाली गराइएको छैन ।