Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संघीय संसदका कर्मचारी धर्नामा

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

संघीय संसदका कर्मचारी धर्नामा

संघीय संसद सचिवालयका कर्मचारीहरू प्रोत्साहन भत्ताको माग गर्दै धर्नामा बसेका छन् । उनीहरूले अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै संसद परिसरमै धर्ना बसेका हुन् ।

संघीय संसदका कर्मचारीहरुले ११ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् भने उनिहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको बताईएको छ ।

संसदमा नेकपा एमालेका सांसद रघुजी पन्तले अतिरिक्त समय काम गरेको समयको भत्ता माग गरेको बताउदै ‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’ उनले प्रश्न गरे ।

उनले नियम अनुसार अतिरिक्त समय काम गरेको भत्ता दिन समेत आग्रह गरेको बताईएको छ ।