Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भिजिट भिसामा कडाई, एक हप्तामा ५ सय बढीलाई फर्काइयो

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

भिजिट भिसामा कडाई, एक हप्तामा ५ सय बढीलाई फर्काइयो

भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि कडाइ गरेको छ । भिजिट भिसामार्फत घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि सरकारले भिजिट भिसामा कडाई गरेको हो ।

पछिल्लो समय भिजिट भिसामार्फत महिलाहरु घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित मुलुकमा जानेक्रम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको बताईएको छ । 

अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीका अनुसार एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइएको छ ।  

भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान खोज्ने महिला पुरुषलाई विमानस्थलबाटै फर्काइएने गरेको बताउदै कार्यालय प्रमुख पन्थीले भिजिट भिसा देखाएर कामदारका लागि जान खोज्नेलाई फिर्ता गर्ने गरेको बताएका छन् । तर,आवश्यक कागजात बोकेर भिजिट भिसामा जान लागेकालाई भने नरोकिए उनको भनाई छ ।

भिजिट भिसामा संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरब भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएपनि कतिपयले उक्त मापदण्डलाई दुरुपयोग गरेपछि भिजिट भिसामा कडाइ गरिएको बताईएको छ ।