Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डुम्रे-बेँसी सहर सडक खण्डमा पहिरो, सडक अवरुद्ध

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

डुम्रे-बेँसी सहर सडक खण्डमा पहिरो, सडक अवरुद्ध

डुम्रे-बेँसी सहर सडक खण्डमा गए रातिदेखिको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बेँसी सहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो गएपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

आज बिहानैदेखि सडक अवरुद्ध भएपछी सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपागाइँले जानकारी दिएका छन् ।

निरन्तर वर्षाले डुम्रे-बेँसी सहर सडक खण्ड बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपागाइँले जानकारी दिएका छन् । उनकाअनुसार सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको बताइएको छ ।

उक्त सडक खण्ड अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् भने बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसी सहर र बेँसी सहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेको बताईएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएको छ ।