Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज निर्जला एकादशी,तुलसीको दल राखिदै

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

आज निर्जला एकादशी,तुलसीको दल राखिदै

आज ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीको बिशेष अवसरमा घर–घरमा तुलसीको दल राखिन्छ । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राख्ने गर्दछन् ।

हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन राखेको तुलसीको दल तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोप्ने गरिन्छ ।

यो वर्ष एकादशी तिथि पूरै सोमबार नै परेकाले वैदिक परम्पराका अनुयायीले सोमबार नै तुलसीको दल राखेका छन् । आज मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागने भएकाले हिजो सोमबार नै तुलसीको दल राखेका हुन् ।  

धार्मिक मान्तयताअनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म चार महिना तुलसीको विशेष पूजा गरी तुलसीको स्याहार गर्ने र त्यसपछि दामोदरसँग तुलसीको विवाह गरिदिने परम्परा रहेको छ । 

त्यस्तै निर्जला एकादशीका दिन काठमाडौंको बुढानिलकण्ठलगायतका विष्णु मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।