Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पशुपतिको चारवटै ढोका खुल्ला

०४ सोमबार , असार २०८१४ महिना अगाडि

पशुपतिको चारवटै ढोका खुल्ला

हिन्दुधर्मको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् । मन्दिरमा दशनार्थीको संख्या बढेको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ ढोका खुल्ला गरिएको हो ।

पशुपतिनाथ मन्दिरको चारवटै ढोका शनिबार बिहान बिहान ४ बजेदेखि खोलिएको थियो । यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरू प्रवेश गरेपछि बिहान साढे ८ बजेपछि मात्र तीनवटा ढोका खोल्ने गरिएकोमा असार १ गते शनिबार देखि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला हुने भएको हो ।  

अहिले चारवटै ढोका खोलिएपछि पशुपतिनाथको दर्शनका लागि भक्तजनहरूको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन् ।

पशुपतिनाथको पश्चिमतर्फको ढोका सधै बिहान ४ बजेदेखि खुला हुने भएपनि अन्य तीनवटा ढोका बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म खुला हुने गरेको थियो । 

त्यस्तै महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन भने पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । अब भने पशुपतिनाथका चारवटै ढोका संधै बिहान ४ बजेदेखि नै खुल्ला हुने भएको छ ।