Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन, पम्पहरुमा सवारीको लाइन

०४ सोमबार , असार २०८१२ बर्ष अगाडि

पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन, पम्पहरुमा सवारीको लाइन

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री नगर्दा पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लागेको छ । पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव भएसंगै सवारी साधनको लाइन लागेको हो ।

काठमाडौंका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन लागेको हो । राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेकाले नेपाल प्रहरी, आर्मी र सशत्रको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको छ ।  

यसअघि भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण इन्धन अभाव भएको थियो । उक्त समयमा झैँ अहिले लामो समयपछि पेट्रोल पम्पहरुमा सवारी साधनहरुको लाइन लागेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव भएको बताईएको छ । अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ भने खुलेका केही पेट्रोल पम्पहरुमा लामो समय पालो पर्खनुपर्ने बाध्यता देखिएको छ ।

गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान देखिएका छन् । यता पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालक/सहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलवको व्यवस्था गर्न माग गरिएको छ ।

उनीहरुले स्वरोजगारको हकमा लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न तथा चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गर्न माग गरेका छन् ।