Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पढिसकेका पुस्तक उपलब्ध गराउन कास्की प्रहरीको अनुरोध

०४ सोमबार , असार २०८१२ बर्ष अगाडि

पढिसकेका पुस्तक उपलब्ध गराउन कास्की प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय, कास्कीले पढिसकेका वा फाल्न राखिएका पुस्तकहरु मागेको छ । कार्यालयले पढिसकेका वा फाल्नका लागि राखिएका जुनसुकै पुस्तक तथा पठन सामग्री उपलब्ध गराउन अनुरोध गरेको हो ।

कार्यालयबाट सञ्चालित पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक तथा पठन सामग्री नभएको उल्लेख गर्दै कार्यालयले भनेको छ, ‘यहाँहरुको घर, कार्यालय, संघसंस्थामा पढिसकेका र फाल्नका लागि राखिएका जुनसुकै पुस्तक तथा पठन सामग्रीहरु उपलब्ध गराई यस कार्यालयमा रहेका पुस्तकालयलाई थप विस्तार गर्न सहयोग गर्नका लागि इच्छुक व्यक्ति तथा संघसंस्थालाई अनुरोध गर्दछौं ।’

कार्यालयमा प्रहरी कर्मचारी, आगन्तुक सेवाग्राही र हिरासतमा रहेका थुनुवा समेतको लागि कफीसँगै विभिन्न पुस्तकहरु अध्ययन गर्न पाउने गरी ‘द लाइभरी क्याफे’, ‘हिरासतमा पुस्तकालय’ र अपराध अनुसन्धान शाखामा समेत पुस्तकालय सञ्चालनमा रहेको जनाइएको छ ।