Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चट्याङमा परि दुईको ज्यान गयो

०४ सोमबार , असार २०८१४ महिना अगाडि

चट्याङमा परि दुईको ज्यान गयो

गएराति वर्षासंगैको चट्याङमा परि दुई जनाको ज्यान गएको छ । चट्याङमा परि पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त र मकवानपुर राक्सिराङ गाउँपालिका-२ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको ज्यान गएको हो ।

पाल्पाका पन्तलाई गएराति करिब ८ बजेतिर चट्याङ लागेर घाईते भएपछी जिल्ला सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लागिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताएका छन् । पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ ।

त्यस्तै मकवानपुरका वीरबहादुर प्रजा आफ्नै घरमा सुतिरहेको बेला चट्याङ लागेर घाइते भएका थिए । घाइते अवस्थामा हेटौडा अस्पताल पुर्‍याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको र अहिले उनको शव हेटौंडा अस्पतालमा राखिएको मकवानपुर प्रहरीले बताएको छ ।