Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

०४ सोमबार , असार २०८१२ बर्ष अगाडि

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । उक्त गाउँपालिका वर्ष ५४ को डिल बहादुर गुरुङले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनका परिवार र छिमेकी बिरामी परका हुन् ।

च्याउ खाएर बिरामी परेका ९२ वर्षका रणबहादुर गुरुङ, ८५ वर्षकी द्रोणपती गुरुङ र ५८ वर्षकी पम्फी गुरुङको तनहुँको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा डिल बहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।  

डिलबहादुरले शनिवार जङ्गलबाट च्याउ टिपेर ल्याएका थिए । घर नजिकैको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।