Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुस्लिम धर्मावलम्बीहरुको बकर इद सुरु,आज सार्वजनिक बिदा

०४ सोमबार , असार २०८१४ महिना अगाडि

मुस्लिम धर्मावलम्बीहरुको बकर इद सुरु,आज सार्वजनिक बिदा

नेपाल लगायत बिभिन्न मुलुकका मुस्लिम धर्मावलम्बीहरुले आजदेखि दोस्रो ठूलो पर्व बकर इद (इद उल जोहा) मनाइरहेका छन् । आज बिहान नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्दै बकर इद (इद उल जोहा) पर्व मनाउन सुरु गरिएको हो ।  

मुस्लिम धर्मावलम्बीहरुले इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा यो बकर इद पर्व मनाउने गर्दछन । काठमाडौँमा बकर इदको अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिदमा मुस्लिम धर्मावलम्बीहरु बिहानै देखि नमाज पढ्नेको भिड लागेको छ भने काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि मुस्लिम धर्मावलम्बीको घुईचो लागेको छ ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिएको धार्मिक बिस्वास रहेको छ । आज बिहान नमाज पढेर शुभकामना आदानप्रदान गरेर र खसीको मासु खाँदै यो पर्व मनाउने प्रचलन रहेको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा मुस्लिम धर्म अनुसार कुर्बानी गर्नुपर्ने धार्मिक विधि रहेको छ । यसै पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।