Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पहिरो जाँदा पृथ्वी राजमार्ग राजमार्ग अवरुद्ध

०४ सोमबार , असार २०८१२ बर्ष अगाडि

पहिरो जाँदा पृथ्वी राजमार्ग राजमार्ग अवरुद्ध

सडक निर्माणका लागि खनिएको ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

आज विहान सडक निर्माणका लागि खनिएको ठाउँमा पहिरो खसेको थियो । उक्त सडक खण्डमा पहिरो खसेपछि राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

अहिले उक्त स्थानको पहिरो पन्छाउने काम भईहेको बताईएको छ भने पहिरोले सवारी रोकिदा गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रुहरु बाटोमै रोकिएको बताईएको छ ।