Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

असार ३ गते बक्र ईदको सार्वजनिक बिदा

०३ आइतबार , असार २०८१४ महिना अगाडि

असार ३ गते बक्र ईदको सार्वजनिक बिदा

नेपाल सरकारले भोलि असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बक्र ईद (उल–अजहा) पर्वको अवसरमा २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताईएको छ ।