Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उखु किसानको १ अर्ब ६१ करोड भुक्तानी

०३ आइतबार , असार २०८१४ महिना अगाडि

उखु किसानको १ अर्ब ६१ करोड भुक्तानी

उखु किसानले १ अर्ब ६१ करोड भन्दा बढी रकम भुक्तानी पाएका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट किसानले १ अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी पाएका हुन् ।

१४ हजार ५ सय जना किसानलाई उक्त रकम भुक्तानी दिएको एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिएका छन् । यसरि किसानलाई भुकतनी दिएसंगै चालु आर्थिक वर्षको किसानको बक्यौता रकम चुक्ता भएको बताईएको छ ।

एभरेष्ट सुगर मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार ४ सय ४४ जना किसानबाट २९ लाख ४ हजार ५ सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार ४ सय ९१ क्विन्टल चिनी उत्पादन गरेको पनि महाप्रबन्धक ठाकुरले जानकारी दिएका छन् । 

उखु किसानले समयमै भुक्तानी पाएपछि हुँदै थप जमिनमा उखु रोप्ने बताएका छन् ।