Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

०३ आइतबार , असार २०८१४ महिना अगाडि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । शनिबार राति १२ बजेदेखि लागू  हुनेगरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटेको हो ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ रुपैयाँ कायम गरिको छ । त्यस्तै डिजल र मट्टितेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ ।  

सुर्खेत र दाङ वरपर डिजल र मट्टितेलको मूल्य १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम गरिको आयल निगमको सुचनामा उल्लेख गरिएको छ भने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत कायम गरिएको छ ।