Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साउन १ गतेदेखि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

०१ शुक्रबार , असार २०८१४ महिना अगाडि

साउन १ गतेदेखि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

आउने साउन १ गतेदेखि २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उक्त नियम लागु गर्न लागेको हो ।

विभागले एक सूचना जारि गर्दै मन्त्रीपरिषद्को २०८१ जेठ २४ गतेको बैठकको निर्णय अनुसार पहिलो चरणमा २८ जिल्लामा उक्त प्रावधान लागु गर्न लागिएको बताएको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा बनाएकै हुनुपर्ने व्यवस्था गरेको छ ।

विभागले हाल झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिराहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता गर्न छुटेका व्यक्तिले आफ्नो वडा कार्यालयसँग सम्पर्क गर्न पनि विभागको सूचनामा उल्लेख गरिएको छ । 

यस्तै, बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने पनि विभागले जनाएको छ ।