Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजधानीका विभिन्न स्थानमा आइतबारदेखि एक हप्तासम्म बत्ती जाने

०१ शुक्रबार , असार २०८१४ महिना अगाडि

राजधानीका विभिन्न स्थानमा आइतबारदेखि एक हप्तासम्म बत्ती जाने

राजधानीका विभिन्न स्थानमा आईतबारदेखि एक हप्ता विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने कार्यका निम्ति विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली बन्द गरिने बताईएको छ । पर्सि डाँची फिडरअन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाइएको छ ।

सोमबार कालीमाटी फिडरअन्तर्गत रविभवनदेखि कलंकी मन्दिर क्षेत्र, मंगलबार कोटेश्वर फिडरअन्तर्गत तीनकुने पुलदेखि महादेश खोला पुल क्षेत्रमा बिजुली जानेछ ।

त्यस्तै, बुधबार कीर्तिपुर फिडरअन्तर्गत पाँगा,  बिहीबार ताहाचल फिडरअन्तर्गत कालीमाटी चोक, शुक्रबार महाकाल फिडरअन्तर्गत बौद्ध र शनिबार रोपवे र मच्छेगाउँ फिडरअन्तर्गत नगाउँ क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने तालिका छ ।