Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हेटौँडा–ढल्केबर प्रसारण लाइनको उदघाटन हुँदै

०१ शुक्रबार , असार २०८१४ महिना अगाडि

हेटौँडा–ढल्केबर प्रसारण लाइनको उदघाटन हुँदै

हालसालै निर्माण सम्पन्न भएको हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको आज उदघाटन हुने भएको छ । छिमेकी राष्ट्र भारतलाई अविच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्डको आज उदघाटन हुने भएको हो ।

हेटौँडा–ढल्केबर प्रसारण लाइन आयोजना अन्तर्गत धनुषाको ढल्केबरदेखि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १ सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उक्त प्रसारण लाइनबाट ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने बताईएको छ ।

उक्त प्रशारण लाईनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित हेटौँडा सबस्टेसनको एक विशेष कार्यक्रम बीच उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिएका छन् ।