Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कारसँग ठोक्किएपछि बस त्रिशूली नदीमा

०१ शुक्रबार , असार २०८१४ महिना अगाडि

कारसँग ठोक्किएपछि बस त्रिशूली नदीमा

गएराति बस र कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा बस त्रिशुली नदी किनारमा खसेको छ । कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको हो ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे१ख ४०६० नम्बरको यात्री बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै दुर्घटना भएको बताईएको छ ।

कारलाई जोगाउन खोज्दा कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको र उक्त दुर्घटनामा परी २० जना घाइते भएकोमा ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बसमा ४५ जना यात्री सवार थिए भने सबै यात्रीको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।