Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ताप्लेजुङमा पहिरो एकै परिवारका ४ जनाको मृत्यु

०१ शुक्रबार , असार २०८१४ महिना अगाडि

ताप्लेजुङमा पहिरो एकै परिवारका ४ जनाको मृत्यु

गए राति ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा राति पहिरोमा परि ४ जनाको मृत्यु हुनुका साथै २ जना घाईते भएको हो ।

पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय लिम्बू, छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै उक्त पहिरोमा परि ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएको बताईएको छ ।

पहिरोले फक्तालुङ गाउँपालिकाका उपाध्यक्ष रवीन लिम्बुको घर बगाएको छ भने पहिरोमा परी मृत्यु भएकाहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी भएको प्रहरीको भनाई रहेको छ ।

बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको र पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।