Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतमा उत्पादित बायोटेक्सको बेचबिखन रोक्का

३१ बिहिबार , जेठ २०८१४ महिना अगाडि

भारतमा उत्पादित बायोटेक्सको बेचबिखन रोक्का

औषधी व्यवस्था विभागले भारतमा उत्पादित बायोटेक्स वान् जीएमको किनबेच रोक्का गरेको  छ । बजार अनुगमनको क्रममा गुण्णस्तरहीन भेटिएपछि विभागले उक्त औषधीको बेचबिखन रोक्का गरेको हो ।

भारतको दमनस्थित जाइडस हेल्थकेयरद्धारा उत्पादित एच ३००४६० ब्याच नम्बरको उक्त बायोटेक्स न्यून गुणस्तर देखिएको विभागले जनाएको छ । विभागका अनुसार सो एन्टीबायोटिक औषधीको पैठारीकर्ता काठमाडौंस्थित डीकेएम फर्मास्युटिकल हो । विभागले अर्को आदेश नभएसम्मको लागि उक्त औषधीको बिक्रीवितरण रोक्का गरेको जानकारी दिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘बजार अनुगमनको क्रममा संकलन गरिएका औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालाबाट परीक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित तपसिलको ब्याच नं.को औषधीको मिति २०८१/०२/२९ गतेको विभागीय निर्णयानुसार अर्को आदेश नभएसम्मको लागि बिक्रीवितरण रोक्का राख्नहुन सम्बन्धित उद्योग, पैठारीकर्ता तथा तिनका प्रतिनिधिहरुलाई जानकारी गराइन्छ ।’