Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नारायणगढ–मुग्लिन सडकको दुई दर्जन स्थान पहिरोको जोखिममा

३१ बिहिबार , जेठ २०८१४ महिना अगाडि

नारायणगढ–मुग्लिन सडकको दुई दर्जन स्थान पहिरोको जोखिममा

नारायणगढ–मुग्लिन सडक खण्डको दुई दर्जन भन्दा बढी स्थान पहिरोको जोखिममा रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार उक्त सडक खण्डको २५ ठाउँ पहिरोको जोखिम रहेको छ ।

जसमध्ये चार स्थान उच्च जोखिम रहेको छ भने सात ठाउँ कम जोखिममा रहेको डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताएका छन् । पहिरोको उच्च जोखिम रहेकोमा मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र रहेका छन् । उक्त सडक खण्डको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि झन्डै ५२ करोड खर्च हुने अनुमान गरिएको छ भने उक्त ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्ने अवस्था रहेको बताईएको छ ।

त्यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्ने डिभिजन सडक कार्यालयले जनाएको छ । २०७९ मा ३६ पटक र २०८० को वर्षामा यो सडकमा ३० पटक पहिरोको चपेटामा पर्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।

वर्षामा पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने कार्यालयका इञ्जिनियर सागर कार्कीले बताए । जसका लागि हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट उपकरणको प्रबन्ध गरिने बताईएको छ ।

उक्त सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ भने खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार समेत गरेको बताईएको छ ।