Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिक्षा मन्त्रालयद्धारा दुई वटा विधेयकको मस्यौदा तयार

३१ बिहिबार , जेठ २०८१४ महिना अगाडि

शिक्षा मन्त्रालयद्धारा दुई वटा विधेयकको मस्यौदा तयार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई वटा विधेयकको मस्यौदा तयार पारेको छ । मन्त्रालयले विज्ञान प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विधेयक, २०८१ र व्यावहारिक विज्ञान प्रविधि तथा उद्यमोदय कोषसम्बन्धी विधेयक, २०८१ को मस्यौदा तयार पारेको हो ।

मन्त्रालयले दुई वटै विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिँदै मस्यौदाउपर राय सुझाव दिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेको छ । विधेयकको मस्यौदा मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

मस्यौदामा पन्ध्र दिनभित्र सुझाव उपलब्ध गराउन स्वदेश तथा विदेशमा रहेका विद्धान, बुद्धिजीवी, शिक्षक, कर्मचारी, विद्यार्थी र विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सरोकार राख्ने व्यक्ति तथा संस्थालाई अनुरोध गरिएको छ ।