Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा एक युवकको मृत्यु

३१ बिहिबार , जेठ २०८१४ महिना अगाडि

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा एक युवकको मृत्यु

ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुरिँदा एक युवकको मृत्यु भएको छ । पहिरोमा परि पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपाका २५ वर्षीय सविन राईको मृत्यु भएको हो ।  

पहिरोले ट्याक्टर पुरिँदा निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले ट्याक्टर बगाएर सडकदेखि करिब ६० मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिएका छन् ।

काबेली तेस्रो हाइड्रोपावरको सामान बोकेर परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्याक्टर सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको बताईएको छ ।