Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सिंहदरवारबाट बाल श्रमिकको उद्धार

३१ बिहिबार , जेठ २०८१२ बर्ष अगाडि

सिंहदरवारबाट बाल श्रमिकको उद्धार

सिंहदरवारको केन्द्रीय क्यान्टिनमा काम गरिरहेका २ जना बाल श्रमिकहरूको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिकाले विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर क्यान्टिनमा रहेका दुई बाल श्रमिकको उद्धार गरेको हो । 

उनीहरूलाई महानगरको बाल उद्धार टोलीले सिंहदरवारभित्र केन्द्रीय सर्भिस सेन्टरको भवनभित्र रहेको केन्द्रीय चमेना गृहबाट उद्धार गरेको थियो । 

यसअघि काठमाडौँ महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार गरेर विभिन्न ६ वटा संरक्षण गृहहरूमा राखेको थियो ।