Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौँ उपत्यकामा अत्याधिक गर्मी,दिउसो छिटपुट वर्षा हुने

३१ बिहिबार , जेठ २०८१४ महिना अगाडि

काठमाडौँ उपत्यकामा अत्याधिक गर्मी,दिउसो छिटपुट वर्षा हुने

देशको पूर्वी भागमा मनसुन भित्रिन सुरु भएपनि तराईको भू-भाग र पश्चिमी भागसंगै काठमाडौँ उपत्यकाको तापक्रम अत्यधिक बढेको छ । अत्यधिक गर्मिसंगै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।  

उपत्यकाको तापक्रम अत्यधिक बढे पनि काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् । छिटपुट वर्षा भएपनि तापक्रम उच्च नै रहने बताईएको छ ।  

देशभर मनसुन भित्रन अझै केही दिन लाग्ने भएपनि शनिबारदेखि आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ ।

त्यस्तै कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाई रहेको छ ।