Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाली सेनाले दियो विपद् प्रतिकार्य तालिम

३० बुधबार , जेठ २०८१२ बर्ष अगाडि

नेपाली सेनाले दियो विपद् प्रतिकार्य तालिम

नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि विपद् प्रतिकार्य तालिम दिएको छ । सेनाले ३ हजार ३ सय ४१ जनालाई उक्त तालिम दिएको हो ।

मुलुकभर मनसुन भित्रिन सुरु गर्दै गरेको अवस्थामा सेनाले यो वर्ष ३ हजार ३ सय ४१ जनालाई विपद् प्रतिकार्य तालिम दिएको बताईएको छ । सर्वसाधारणलाई समुदायमा विपद् प्रतिकार्यमा जोड्ने नीति अनुसार सेनाले २०७६ सालदेखि तालिम दिन सुरु गरेको र हालसम्म २७ हजार ९ सय ६६ जनालाई तालिम दिइसकिएको छ ।  

अहिले नेपालको पूर्वी भागको कोशी प्रदेशबाट मनसुन भित्रिन सुरु गरेको छ । यो वर्षको मनसुनसंगै आईपर्ने विपद प्रतिकार्यका लागि सैनिक टोलीलाई तैनाथ राखिएको नेपाली सेनाले जनाएको छ ।