Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पुलिस स्कुलमा प्राचार्य अभाव

३० बुधबार , जेठ २०८१४ महिना अगाडि

पुलिस स्कुलमा प्राचार्य अभाव

नेपाल पुलिस स्कुलको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । तनहुँको बेलचौतारामा रिक्त पुलिस स्कुलको प्राचार्य नियुक्तिका लागि दरखास्त मागिएको हो ।

प्रहरी प्रधान कार्यालय, प्राचार्य छनौट बोर्डले आज सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी सात दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको छ । नक्सालस्थित बोर्डको सचिवालयमा आवेदन दिन सकिने जनाइएको छ ।

उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्तका साथ पेश गर्नुपर्ने कागजात, प्राचार्यको कार्यकाल, सेवा शर्त र सुविधा, मूल्यांकनका आधार र दरखास्त फाराम नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।