Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

असारदेखि सडक खन्न नपाइने

३० बुधबार , जेठ २०८१४ महिना अगाडि

असारदेखि सडक खन्न नपाइने

सरकारले असार १ गतेदेखि सडक खन्न रोक लगाएको छ । सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले असार १ गतेदेखि भद्रौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

कार्यालयले वर्षायाममा सडक खन्न स्वीकृति नदिइने स्पष्ट पारेको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०८१ असार १ गतेदेखि भद्रौ मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ कार्यालयले भनेको छ ।

कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गर्ने समेत कार्यालयले चेतावनी दिएको छ ।