Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सहुलियतपूर्ण कर्जाको दुरुपयोग, राष्ट्र बैंकले थाल्यो कारबाही

२९ मंगलबार , जेठ २०८१२ बर्ष अगाडि

सहुलियतपूर्ण कर्जाको दुरुपयोग, राष्ट्र बैंकले थाल्यो कारबाही

बैंक तथा वित्तिय संस्थाबाट लक्षित वर्गमा प्रवाह हुँदै आएको सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म प्रवाह भएको सहुलियतपूर्ण कर्जामध्ये सात प्रतिशत सदुपयोग नभएको बताएको छ ।

सरकारले लागू गरेको ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार विभिन्न दश शीर्षकमा बैंक तथा वित्तिय संस्थामार्फत लक्षित वर्गमा सहुलियतपूर्ण कर्जा प्रवाह हुँदै आएको छ ।

कार्यविधिले सहुलियतपूर्ण कर्जा प्रदान गर्न विभिन्न शर्त तथा मापदण्ड तोकेको छ । राष्ट्र बैंकका अनुसार ०८० चैत मसान्तमा एक लाख २७ हजार २१२ जना ऋणीले एक सय ४० अर्ब ५० करोड बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरिरहेका छन् ।

सहुलियतपूर्ण कर्जासँगै पुर्नकर्जा र व्यावसायिक निरन्तरता कर्जाको प्राथमिकता तथा उपयोगले निक्र्यौल गर्न ३१ हजार ६७४ जना ऋणीको फाइल अध्ययन गरी स्वतन्त्र परामर्शदाताबाट प्राप्त प्रतिवेदनमा करिब सात प्रतिशत कर्जा सदुपयोग नभएको तथ्ंयाक पेश हुन आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सदुपयोग नभएका कर्जाको सम्बन्धित बैंक तथा वित्तिय संस्थामार्फत यकिन गराई ब्याज अनुदान तथा सुविधा फिर्ता गराउने एंव यस्ता कार्यमा प्रत्यक्ष रुपमा संलग्न भएका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिएको छ ।

सोबमोजिम प्रतिवेदन र निर्णय कार्यान्वयनका निम्ति सम्बन्धित सुपरिवेक्षण विभागमार्फत आवश्यक प्रक्रिया अघि बढाइसकेको पनि राष्ट्र बैंकले जनाएको छ ।