Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सामुदायिक विद्यालयले भाडामा लगाएकाे १७५ सटरमा ताला

२९ मंगलबार , जेठ २०८१२ महिना अगाडि

सामुदायिक विद्यालयले भाडामा लगाएकाे १७५ सटरमा ताला

काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानमा सामुदायिक विद्यालयले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका १ सय ७५ वटा सटरमा ताला लगाइएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका उक्त सटरमा ताला लगाएकाे हाे ।

जसध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले ताला लगाएका थिए भने बाँकी सटर सञ्चालकले नै बन्द गरेकाे बताइएकाे छ । विभागले ताला लगाएका विद्यालयहरू जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् । जहाँ रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ ।

त्यसैगरी कन्या मन्दिर माविका ३६ वटा, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४ वटा, पशुपति मित्र माविका ३६ वटा, मंगलादेवी माविका १२ वटा र महेन्द्र मावि बौद्धका २० सटरमा विभागले ताला लगाइएको हो । आइतबार र सोमबार महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोली सहित गएर विभागले ताला लगाएकाे बताइएकाे छ ।