Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

मधेश प्रदेशकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

२९ मंगलबार , जेठ २०८१२ महिना अगाडि

मधेश प्रदेशकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

मधेश प्रदेश सरकारले आज मधेश प्रदेशकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेकाे छ । प्रदेश सभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएकाे हाे ।

मधेश सरकारकाे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकाे बताइएकाे छ । नीति तथा कार्यक्रम प्रस्तुतका लागि आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले जानकारी दिएका छन् ।

यसअघि जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो गरि नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएकाे हाे । संघीय सत्ता समीकरणकाे असरकाे कारण नयाँ प्रदेश सरकार गठनमा ढिलाइ भएकाले नीति कार्यक्रम प्रभावित भएको बतइएकाे छ ।