Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

एसइई परिक्षाकाे नतिजा असार दोस्रो साता भित्र आउने

२९ मंगलबार , जेठ २०८१२ महिना अगाडि

एसइई परिक्षाकाे नतिजा असार दोस्रो साता भित्र आउने

यसवर्षकाे माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिएकाे हाे ।

असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरि काम भइरहेकाे र अहिले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

अहिले कार्ययोजनाअनुसार असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी सबै काम तीव्र गतिमा भइरहेका पनि परीक्षा नियन्त्रक पौडेलकाे भनाइ छ । परीक्षा नियन्त्रक पौडेलले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेकाे र प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न सकिने बताउँदै समस्या भए असार दोस्रो साताभन्दा पर नजाने बताएका छन् ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार याे वर्ष ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको र गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए ।

यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताएका छन् । २०८० चैत १५ गतेदेखि सुरु भएको परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।