Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

क्षतिपूर्तिको माग गर्दै स्थानीयद्धारा राजमार्ग बन्द

२८ सोमबार , जेठ २०८१२ महिना अगाडि

क्षतिपूर्तिको माग गर्दै स्थानीयद्धारा राजमार्ग बन्द

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पशुपतिनगरमा स्थानीयले राजमार्ग बन्द गराएका छन् । जेठ २५ गते दुर्घटनामा मृत्यु भएको महिलाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीयले राजमार्ग बन्द गराएका हुन् ।

यसअघि जेठ २५ गते शुक्रबार एएस–२५ डिसी ०२१२ भारतीय नम्बरको ग्यास बुलेट बोक्ने लरीले ग.७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी ३३ वर्षीय निर्मला अधिकारीको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द गरिएको हो ।

हेटौडा स्थायी घर भएकी अधिकारी कास्कीको पोखरा उपमहानगरपालिका–११ फूलबारी बस्दै आएको र जेठ २५ गते हेटौँडाबाट पोखरा फर्किने क्रममा उनि चढेको मोटरसाइकललाई लरीले ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकलचालक कास्कीको पोखरा–११ का सुवास गुरुङ घाइते भएका थिए । उक्त दुर्घटना पछी स्थानीयले मृतकको परिवारलाई तत्काल क्षतिपूर्ति दिलाउन माग गर्दै आएको छ भने मृतकको परिवारले क्षतिपूर्ति नपाएसम्म शव जिम्मा नलिने बताएका छन् ।