Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

२८ सोमबार , जेठ २०८१४ महिना अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौँको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो आधा घण्टा बन्द हुने भएको छ । विमानस्थल दिउँसो १ बजेदेखि साढे १ बजेसम्म आधा घण्टा बन्द हुने भएको हो ।

नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्न लागिएको जानकारी दिएको छ । दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थलमा विमान दुर्घटना सम्बन्धी पूर्णकालीन अभ्यास हुने भएकाले आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको बताईएको छ ।

उक्त पूर्णकालीन अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरू बिच सहयोगको अभिवृद्धि गराउने, सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गर्ने र सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ दुर्घटनाको बेला जनधनको क्षति न्यून गराइ विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ ।

आज दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हुने उक्त अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिने बताईएको छ ।